समाचार

कास्कीमा फेरी पहिरो, तीन जनाको ज्यान गयो

प्रतिकात्मक तस्वीर

कास्की कास्कीमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा पहिरोमा परी तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परी १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको ज्यान गएको छ । घरको एक साइडमा सुतेका उनीहरुको ज्यान गएको छ ।

एकै घरमा सुतेपनि अर्को साइडमा रहेकाले उनीहरुका हजुरबुबा प्रेमराज, हजुरआमा र अर्का एक व्यक्ति भने बच्न सफल भएका छन् । स्थानीयले उज्यालो हुँदासाथ पहिरो देखेपछि प्रहरीमा खबर गरेका थिए। माछापुच्छ्रे गाउँपालिकाबाट तत्कालै पुगेको प्रहरी र वडा प्रहरी कार्यालय बगर पोखराबाट प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थलबाट तीनवटै शव निकालेको छ । यसअघि पनि कास्कीका विभिन्न स्थानमा गएको पहिरोले आधा दर्जन मानिसको ज्यान गइसकेको छ ।