स्वास्थ्य

​संसारमा फेरी तिव्र रुपमा फैलँदै कोरोना, सोमबार रेकर्ड ब्रेक

काठमाडौं । संसारमा कोरोना भाइरसको संक्रमणले पुनः गति लिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार एकैदिन भेटिने संक्रमितको संख्यामा सोमबार नयाँ रेकर्ड कायम भएको हो । २४ घण्टामा विश्वभर २ लाख ६० हजार संक्रमित थपिए । यो संख्या एकै दिन थप भएको सर्वाधिक संख्या हो । विश्वभर कोरोना भाइरसका कारण ६ लाख ४ हजार ७२५ जनाले ज्यान गुमाइसकेका छन् ।

अमेरिकामा मात्रै १ लाख ४० हजार ४७४ जना संक्रमितको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ९०२ जना संक्रमित थपिए । यस दिन भारतमा ५४३ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म १० लाख ७७ हजार ७८१ जना संक्रमित फेला परेका छन् । २६ हजार ८१६ जनाले कोरोनालाई जितेका छन् । विश्वभर १ करोड ४४ लाख ३८ हजार ८३८ जनामा कोरोना देखिएको छ ।

अमेरिका, ब्राजिल र भारतमा बढी संक्रमण पुष्टी भएको छ । नेपालमा भने पछिल्लो समय संक्रमणको दार घटेको छ । आइसोलेसनमा हुने मानिसभन्दा डिस्चार्च हुनेको संख्या अधिक रहेकाले सकारात्मक सन्देश पाइएको छ ।