समाचार

बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले कोरोनाबिरुद्ध तयार पारेको भ्याक्सिन मानव परिक्षणमा सफल

एजेन्सी    

बेलायतस्थित अक्सफोर्ड युनिभर्सिटीले  तयार गर्दै गरेको कोरोनाभाइरस बिरुद्धको भ्याक्सिनको मानव परिक्षण सफल भएको छ । अक्सफोर्डले एस्ट्र जेनेकासँग मिलेर बनाएको भ्याक्सिनले मानवमा गरेको परिक्षणमा शरीरको प्रतिरोधात्मक क्षमता बृद्धि हुनुको साथै संक्रमणबिरुद्ध किलर टि सेल्स समेत बनेर कोरोनाबिरुद्ध दोहोरो काम गरेको सोमबार प्रकाशित ल्यानसेट जर्नलमा जनाईएको छ । परिक्षणको क्रममा दिईएको भ्यासिनले १०० प्रतिशत मानिसको शरिरमा प्रतिरोधात्मक क्षमता बृद्धि भएको अनुसन्धानकर्ताहरुले बताएको जर्नलले लेखेको छ । यो भ्याक्सिन परिक्षणको लागि अक्सफोर्डले १ हजार जनामा प्रयोग गरिरहेको छ । मानवमा परिक्षण गरिएको २८ दिनपछि भ्याक्सिनले मानव शरीरमा निम्न दुई असर देखाएको समेत जर्नलले लेखेको छ । पहिलो; भ्याक्सिनको प्रयोगपछि शरीरको मांसपेसी दुख्ने काम छुट्ने । दोश्रो; जरो आउने जस्ता साईड ईफेक्ट भने देखिएको छ ।  

अनुसन्धानकर्ताहरुले ChAdOx1 nCoV-19 नाम दिएको अक्सफोर्डको भ्याक्सिन एस्ट्र जेनेकाले उत्पादन गर्न थालि सकेको छ भने बेलायत सरकारले १० करोड डोजको अर्डर गरिसकेको छ ।