स्वास्थ्य

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ४१ पुगे ज्यान गुमाउने

काठमाडौं । नेपालमा कोरेना भाइरसका कारण थप एक जनाको ज्यान गएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको ज्यान गएको हो । मंगलबार राति महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ । सिकित्स अवस्थामा अस्पताल आएका उनको आइसियुमा राखेर उपचार थालिएको थियो । सोही क्रममा उनको पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

मंगलबार नै आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो। बिरामीमा रुघाखोकी र ज्वरो आएको अस्पतालले जनाएको छ । मृतकको शवलाई महोत्तरी पठाइएको छ । शव व्यवस्थापन भने नेपाल आमीले गर्नेछ । उनको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या ४१ पुगेो छ । यो संख्या स्वास्थ्य मन्त्रालयले आधिकारिक जारी गर्न भने बाँकि रहेको छ ।