समाचार

अमेरिकाको टेक्सासमा रहेको चिनियाँ दुतावास ७२ घण्टाभित्र बन्द गर्न आदेश

अमेरिकी सरकारले टेक्सासस्थित ह्युस्टनमा रहेको चिनियाँ दुतावास तत्काल बन्द गर्न आदेश दिएको छ । अमेरिकी बिदेश मन्त्रालयले बन्द गर्न आदेश गरिएको दुतावास मार्फत तत्काल कुनै पनि कृयाकलाप नगर्न र ७२ घण्टा भित्र बाणिज्य दुतावासको कार्यालय बन्द गर्न आदेश गरेको हो । अमेरिकन जनताका ब्यक्तिगत सुचना र अमेरिकन नागरिकका सम्पत्तिको सुरक्षाका लागि नियोगलाई बन्द गर्ने आदेश दिएको बिदेश मन्त्रालयका प्रबक्ता मोर्गन अर्टाजसको हवाला दिंदै समाचार संस्था सिएनएनले जनाएको छ । अमेरिका र चीन बीच जारी ब्यापार युद्ध विद्यमान कोरोना महामारी तथा हङकङस्थित मानव अधिकार उलंघन भएको भन्दै अमेरिकाले लगातार गरी रहेको आलोचना लगायतका बिषयमा बिगत एक बर्षदेखि आपसी सम्वन्ध चिसिदै आएको छ ।

मंगलवार बेलुका टेक्सासको हुस्टनस्थित मिडटाऊनमा रहेको चिनियाँ दुतावासको कम्पाउन्ड भित्र धुँवाको मुस्लो आएको ह्युस्टन प्रहरीले जनाएको स्थानीय संचार माध्यमले जनाएका छन् । कन्सुलेट कम्पाउन्ड भित्र थुप्रै कागजात जलाएको अनुमान प्रहरीले लगाएको छ ।  

एजेन्सी