विश्व

कोभिड-१९ अनुसन्धानमा चीनले 'साइबर जासुसी' गर्न खोजेको अमेरिकाको आरोप

यसअघि अमेरिकी न्याय मन्त्रालयले कोरोनाभाइरसको खोप विकास गर्न काम गरिरहेका प्रयोगशालालाई निसाना बनाइरहेका ह्याकरहरू चीनद्वारा प्रायोजित भएको आरोप लगाएको थियो ।

अधिकारीहरूले कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरूबारे जासुसी गरेको अभियोग दुई चिनियाँ नागरिकलाई लगाएका छन्। उनीहरूले सूचना चोर्न सरकारी सूत्रबाट सहयोग लिएको अमेरिकी सरकारको दाबी छ।

चिनियाँ साइबर गुप्तचरीविरुद्ध अमेरिकी सरकारको अभियान अन्तर्गत अहिले मुद्दा चलाइएको हो। गत साता अमेरिका, यूके र क्यानाडाले पनि कोभिड-१९ को अनुसन्धान चोर्न खोजेको आरोप रुसमाथि लगाएका थिए। इलेक्ट्रिकल इन्जिनियरिङका दुई विद्यार्थीहरू लि सियाओइ र डुङ जियाजमाथिको अभियोग मंगलवार सार्वजनिक भएको हो।

एजेन्सी