समाचार

कोरोना संक्रमणमा न्युयोर्कलाई जित्यो क्यालिफोर्नियाले

Coronavirus Update

न्युयोर्क

कोरोना संक्रमितको कुल संख्यामा न्युयोर्कलाई क्यालिफोर्नियाले उछिनेको छ ।  क्यालिफोर्नियामा बुधबारसम्म कोरोना संक्रमितको संख्या ४ लाख १५ हजार ७ सय ६३ पुगेको छ भने कुनै बेलाको राष्ट्रिय एपिसेन्टर बनेको न्युयोर्कमा हालसम्म ४ लाख १५ हजार ९४ कुल संक्रमित छन् । हाल कोरोना नियन्त्रित न्युयोर्क राज्यमा मृतकको हालसम्मको जम्मा संख्या भने ३३ हजार ३ सय ६८ छ । तर क्यालिफोर्नियामा मृतकको संख्या ७ हजार ९ सय मात्र छ ।  

मंगलबारका दिन क्यालिफोर्निया आजसम्मकै उच्च एकै दिन १२ हजार ८ सय सात नयाँ संक्रमित भेटिएको बुधबारको प्रेस ब्रिफिङ्मा गभर्नर गेभिन न्युसमले बताएका छन् । न्युयोर्कमा भने एक हप्तादेखि दैनिक ७ सयको हाराहारीमा नयाँ संक्रमित देखिएका छन् ।