समाचार

कुनै पनि विद्यालयमा क्वारेन्टिन सञ्चालन नगर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले अब कुनै पनि विद्यालयमा क्वारेन्टिन स्थल नबनाउन निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्को बैठकले निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन्।

यसका साथै मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीका बेला क्वारेन्टाइन क्वारेन्टिन संचालन भएका सबै विद्यालयलाई स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने निर्णय गरेको खतिवडाले जानाकारी दिए ।

विद्यालय निर्मलीकरणको कार्यढाँचा बनाउने जिम्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको छ।

यसका साथै सरकारले गत शैक्षिक सत्रमा परीक्षा लिएर नतिजा प्रकाशन गर्ने बाँकी रहेको भए सो कार्य पूरा गर्न समेत भनिएको छ।

सरकारले साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन समेत दिएको छ। सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय यसअघि नै गरिसकेको थियो ।

विद्यालयले २०७६/७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न भनेको छ ।