खेलकुद

सीपीएल खेल्न ट्रिनिडाड एण्ड टोबागो पुगे सन्दीप

काठमाडौं । नेपाली क्रिकेट स्टार कोरोना भाइरसको महामारीका बीच क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न ट्रिनिडाड एण्ड टोबागो पुगेका छन् । उनी सो मुलुक पुगेसँगै १४ दिन क्वरेण्टीनमा बस्नेछन् । आइतबारबाट उनीसहितका खेलाडीलाई क्वारेन्टिनमा राखिएको छ । सीपीएल खेल्ने सबै खेलाडी अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने प्रावधान छ । त्यसपछि सबै खेलाडीको पिसिआर परीक्षण हुनेछ ।

सीपीएल भने २ भदौबाट शुरु हुनेछ । पिसिआर परिक्षणमा नेगेटिभ नतिजा आउने खेलाडीले खेल्न पाउनेछन् । सन्दीप कोरियन एयरबाट काठमाडौंदेखि दक्षिण कोरिया उडेका थिए । बिहीबार कोरिया पुगेका उनी त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागो पुगेका हुन् ।

यसअघि उनी खेल्न जान पाउने या नपाउने भन्नो अन्यौल थियो । तर, नेपालमा पिसिआर परीक्षण र जहाजमा जान सरकारले उनलाई सहजिकरण गरिदिएको हो । सन्दीप सीपीएलमा यो सिजन जमैका तल्लावाहजबाट खेल्नेछन् । उनी ९० हजार अमेरिकी डलरमा अनुबन्धित भएका हुन् । सन्दीपले तेस्रो पटक सीपीएल खेल्दैछन् ।