समाचार

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

गोरखा । बलात्कारको आरोपमा गोरखाका एक जना वडाध्यक्ष पक्राउ परेका छन् । गोरखा, पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट पक्राउ परेका हुन् । उनीमाथि चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । किशोरी र वडाध्यक्षबीच सम्बन्ध रहेको थाहा पाएपछि परिवारले जाहेरी दिएका थिए ।

बिहे गर्छु भन्दै यसअघि पनि पटक–पटक जबरजस्ती करणी गरेको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ । उमेर नपुगेको किशोरीसँग सहमतिमै भएको सम्बन्धलाई समेत कानुनले करणी मान्छ । ४७ वर्षीय रानाभाटलाई सोमवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले पालुङटारबाट पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका ेछ ।