विश्व

भारतलाई अर्को झट्का, कश्मिर समेटेर पाकिस्तानले ल्यायो नयाँ नक्सा

इस्लामावाद । भारत पाकिस्तानबीचको सम्बन्धमा झनै चिसोपनः आउने देखिएको छ । मंगलबार पाकिस्तानले मुलुकको नयाँ राजनीतिक नक्सा जारी गरेको छ। नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत यस पाकिस्तानमा समेटिएको छ। पाकिस्तान सरकारको मन्त्रिपरिषद बैठकले आज नक्सालाई पारित गरेको छ ।

पाकिस्तानी सञ्चार माध्यमका अनुसार यस अवसरमा प्रधानमन्त्री इमरान खानले सम्बोधन गरेका थिए । पाकिस्तानले पहिलो पटक पुरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको छ । पाकिस्तानले नयाँ नक्सामा लद्दाख, सियाचिनसमेत गरी गुजरातको जुनागढमा पनि आफ्नो दावी गरेको छ । यी क्षेत्रमा भारत र पाकिस्तान दुबैको दावि रहेको छ ।