समाचार

काठमाडौंमा ५७ सहित उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

फाइलफोटो

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको काठमाडौंका ५७ र ललितपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २७, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक जना र काठमाडौंका १४ जनामा कोरोना देखिएको हो ।

स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका एक जना र ललितपुरमा दुई जना ,वि आइडी ल्याब गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना संक्रमित भेटिएका उनले जानकारी दिए ।

त्यस्तै पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना र ललितपुरका २ जनामा कोरोना देखिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जना, नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।