समाचार

नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ८ हजार ८ सय १५ नमुना परिक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ पुगेको छ।

कुल संक्रमितमध्ये ७३ जनाको मृत्यु भएको छ।