समाचार

उद्धार उडानबाट नेपाल फर्कदा सुन तस्करी

काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले सुन तस्करीको आरोपमा चार जनालाई पक्राउ गरेको छ । आइतबार संयुक्त अरब इमिरेट्स युएईबाट आएका सोनाम लामा नाम गरेका २ जना, सीता स्याङ्तान र धनबहादुर बिके पक्राउ परेका हुन् । उनीहरुको साथबाट १७५७.४ ग्राम धातु बरामद भएको प्रहरीले जनाएको छ । धातुमा बाहिरबाट चाँदीले लेपन गरिएका कारण सुनको भएको प्रहरीको ठहर छ ।

यसको परीक्षणका लागि प्रयोगले सुन प्रयोगशालामा पठाएको छ । विदेशमा अफ्ठ्यारोमा परेका नेपाली नागरिकको उद्धारका लागि अहिले धमाधम उडान भइरहेको छ । विदेशमा समस्यामा परेका नागरिकलाई घर फर्काउन भएको उद्धार उडानबाटै सुन तस्करी भएको पाइएपछि उद्धार उडानको औचित्यमाथि नै प्रश्न उठेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।