स्वास्थ्य

कोरोनाले पर्सामा थप एक मानवीय क्षति, २२ नयाँ संक्रमित भेटिए

वीरगन्ज । पर्सा अहिले नेपालमा कोरोनाबाट उच्च मृत्युदर भएको जिल्ला बनेको छ । आइतबार वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्यु भएको थिया । उनको निधनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनी उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामी भएको बताइएको छ ।

आइतवार गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको थियो । श्वासप्रश्वासमा अचानक समस्या भएपछि उनलाई अस्पताल ल्याइएको थियो । तर, संक्रमण पुष्टी नहुँदै उनको ज्यान गएको हो । पर्सामै कोरोना भाइरसका थप २२ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये १६ पुरुष र ६ महिला छन् । नयाँ बिरामी फार्मेसीमा कार्यरत कर्मचारी, प्रहरीसहित रहेको अस्पतालले जनाएको छ ।