समाचार

नेपालमा थप ३ सय ३८ जनामा कोरोना संक्रमण

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ८ हजार ४ सय ३२ नमुना परिक्षणमा ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको छ।

कुल संक्रमितमध्ये ७९ जनाको मृत्यु भएको छ।