विश्व

भारतमा एकै दिन थपिए ५३ हजार संक्रमित, ९ सयको मृत्यु

File

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर उच्च गतिमा बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ पछिल्लो २४ घण्टामा ५३ हजार कोरोना संक्रमित थपिएको तथ्यांक छ । यस अवधिमा ८ सय ८७ संक्रमितको ज्यान गएको छ । अब भारतमा कुल संक्रमितको संख्या २२ लाख ६७ हजार पुगेको छ । भारतमा ज्यान गुमाउने मानिसको संख्या भने ४५ हजार ३ सय ५३ जनाको ज्यान गइसकेको छ ।

भारत बढी संक्रमित हुनेमा विश्वमै तेस्रो स्थानमा पर्छ । पहिलो स्थानमा अमेरिका रहेको छ । यस मुलुकमा पछिल्लो २४ घण्टामा ४८ हजार संक्रमित थप भए । दोस्रो स्थानमा रहेको ब्राजिलमा २१ हजार ८ सय थपिए । अमेरिकामा यो अवधिमा ५ सय ३७ जनाको मृत्यु भएको छ । यहाँ मृत्यु हुनेको संख्या १ लाख ६६ हजार १ सय ६० रहेको छ । ब्राजिलमा २४ घण्टामा ७ सय २१ को ज्यान गएको छ ।

यस मुलुकमा १ लाख १ हजार ८ सय ५७ को ज्यान गइसकेको छ । २४ घण्टामा विश्वभर २ लाख ७ हजार नयाँ संक्रमित थपिए । अब कूल संक्रमितको संख्या २ करोड २ लाख ३६ हजार पुगेको छ । १ करोड ३१ लाख संक्रमति उपचारपछि घर फर्किएका छन् । ७ लाख ३७ हजार ८ सय ६३ जनाको मृत्यु भइसकेको छ ।