समाचार

कोरोनाका कारण प्रख्यात भारतीय कविको मृत्यु, पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक

नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमणबाट भारतका प्रख्यात शायर तथा गीतकार राहत इन्दौरीको मृत्यु भएको छ । उनमा कोरोना संक्रमण पुष्टि भएपछि भारतको इन्दौरस्थित अरबिन्द अस्पतालमा भर्ना गरिएको थियो। उनलाई स्वासप्रश्वासमा समस्या देखिएको थियो । उपचारका लागि अस्पताल भर्ना गरिएका उनलाई हृदयघात भएको थियो । त्यसपछि उनले देहत्याग गरेका छन् ।

डाक्टरहरुले उनमा ६० प्रतिशत निमोनिया देखिएको बताएका छन् । इन्दौरी स्वयमले आज (मंगलबार) बिहान आफुलाई कोरोना पुष्टी भएको ट्वीटरमा लेखेका थिए । इन्दौरी भारतीय साहित्यका प्रख्यात व्यक्तित्व हुन् । उनी एक गम्भीर शायर मानिन्थे ।

उता, भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको अवस्था समेत चिन्ताजनक रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । कोरोना भाइरसको संक्रमण भएका उनलाई अस्पताल भर्ना गरिएको थियो । सास लिन अप्ठ्यारो भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । मुखर्जीले सोमबार ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। अवस्था चिन्ताजनक भएपछि उनको मस्तिष्कको शल्यक्रिया गरिएको छ ।