स्वास्थ्य

बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु, एक जनामा कोरोना पुष्टी-अर्को रिर्पोट आउन बाँकि

बुटवल । बुटवलस्थित कोरोना विषेश अस्थायी अस्पतालमा गतराती दुई जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार उनीहरुमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । एक जनाको भने स्वाव संकलन पछि परीक्षण भइरहेको छ । उनको रिर्पोट आउन बाँकि रहेको छ । एकै पटक दुई जनाको ज्यान गएपछि बुटवलमा समेत त्रास बढेको छ ।

उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तु नगरपालिका वडा नंं २ तौलिहवाका ४२ वर्षीय पुरुष र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको ज्यान गएको अस्पतालले जनाएको छ । उनीहरु क्रमशः साउन २५ र साउन २७ मा अस्पताल भर्ना भएका हुन् । ४२ वर्षिय पुरुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अर्को युवाको परीक्षण रिर्पोट आइसकेको छैन । २५ वर्षीय युवा भारतको मुम्बईबाट हालै नेपाल आएको बताइएको छ । अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।