समाचार

कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत फेला

काठमाडौं । कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् । तीन दिनदेखि बेपत्ता बानियाँको शव मकवानपुरको मान्डु हाइड्रोपावरको फिल्टरमा अड्किएको अवस्थामा फेला परेको हो ।

शव बानियाँकै भएको उनकी छोरीले यकिन गरेको प्रहरीले जनाएको छ । उनी घरको सम्पर्कमा नभएपछि परिवारले खोजि गरिदिन महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए।

बल्खु बगरमा उनको जुत्ता भेटिएपछि बानियाँले बागमतीमा हाम्फालेको आशंका गरिएको छ।

सीसीटीभी फुटेजबाट प्रहरीले उनी बल्खुमा रहेको पुष्टि गरेको थियो । बानियाँको शव मकवानपुरस्थित अस्पतालमा राखिएको छ ।

स्थायी घर तनहुँ रहेका बानियाँ दुई दशकदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए ।