समाचार

आज बस्दैछ नेकपा सचिवालय बैठक, विवाद समाधान कार्यदललाई अनुमोदन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद तत्कालका लागि साम्य हुने देखिएपछि आज सचिवालय बैठक बस्दै छ । बैठकमा नेकपामा जारी विवादको समाधान गर्न शुक्रबार ६ सदस्यीय कार्यदल गठन भएको छ । आजको सचिवालय बैठकले ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने ऐजण्डा छ ।

शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल मार्फत् समस्या समाधान गर्ने भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य ररहेका छन् ।

कार्यदललाई नेकपाको हालको विवाद समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा छ । कार्यदलले शनिबारदेखि काम थालेको छ । एक अध्यक्ष केपी शर्मा ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड पार्टी काममा केन्द्रित हुने गरी सहमतिको प्रस्ताव तयार हुँदैछ । जसमा केही मन्त्री र मूख्यमन्त्री समेत फेरबदल हुन सक्ने बताइएको छ ।