समाचार

एसईईको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो ।

चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले परीक्षा हुन एकदिन अगाडि स्थगित गरेको थियो ।

कोभिड–१९ संक्रमणका कारण यस वर्ष एसईईको परीक्षा स्थगित गर्दै सरकारले विद्यालयको आन्तरिक मुल्यांकनको आधारमा विद्यार्थीलाई अंक दिने निर्णय गरेको थियो ।

परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन । सरकारको निर्नेशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ । त्यस्तै त्रुटी सच्याउन व्द्यिार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाइएको छ ।

विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पुर्याउने व्यवस्था गरेको छ ।

यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई सङ्कलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाइएको थियो ।

एसईई नतिजाको पर्खाइमा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी मध्ये नियमिततर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ जना रहेका छन् ।

टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन् । परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ ।

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि ३५००१ मा एसएमएस गरेर एसईईको उक्त नतिजा हेर्न सकिनेछ ।

एसईईको नतिजा सार्वजनिक भए लगत्तै स्प्यारो एसएमएसको नम्बर ३५००१ मा एसएमएस गरेर सजिलै आफ्नो परीक्षाफल थाहा पाउन सकिनेछ ।

यसका लागि अंग्रेजीमा एसईई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनुपर्नेछ ।