स्वास्थ्य

कोरोनाबाट बाँकेमा थप एक जनाको ज्यान गयो

नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एक जनाको ज्यान गएको छ । अब बाँकेमा कोरोनाका कारण ज्यान गुमाउने बिरामीको संख्या ४ पुगेको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको ज्यान गएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कोरोनासँग मिल्ने लक्षणसहित ज्वरो आएपछि उनी साउन ३२ मा मेडिकल कलेज भर्ना भएका थिए । सोमबार उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । सोमबार राती पौने १२ बजे उनको निधन भएको हो ।