समाचार

धुलिखेलमा काठमाडौंका एक संक्रमितको मृत्यु

धुलिखेल । काठमाडौंका एक कोरोना संक्रमितको धुलिखेलमा उपचारका क्रममा ज्यान गएको छ । एक सातादेखि धुलिखेल अस्पतालमा उपचाररत् कोरोना संक्रमित ९८ वर्षीय वृद्धको ज्यान गएको हो । नयाँ बानेश्वरका उनी घरमै रहेको बेला कोरोना संक्रमण भएको बताइएको छ । उनी २६ साउनमा अस्पताल भर्ना भएका थिए ।

उनको मंगलबार बिहान राति साढे १२ बजे मृत्यु भएको हो । उनमा स्वासप्रश्वास, छाती तथा घाँटीमा समस्या रहेको बताइएको छ । वृद्ध छोरा बुहारीसँग बस्ने गरेको र उनीहरुको समेत कोरोना पोजेटिभ आएको बताइएको छ । उनको परिवारका अन्य ९ जनाको भने कोरोना नेगेटिभ आएको छ ।