फिचर

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। राष्ट्रकवि घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ लैनचौरस्थित निवासमा निधन भएको हो।

गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए । वि.सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल कवि र गीतकार थिए ।

बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए। उनलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको थियो।