समाचार

न्यूयोर्कमा किन गर्दैछन् प्रहरीले श्रृङ्खलाबद्ध आत्महत्या - अर्को प्रहरीले ठोके आफैलाई गोली

न्युयोर्क

न्यूयोर्क प्रहरीमा कार्यरत ५३ वर्षिय प्रहरी अधिकृत केभिन प्रेसिसले लङ्अाईल्याण्डस्थित आफ्नै निवासमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । प्रहरी श्रोतका अनुसार गत बुधबार राती अन्दाजी ९ बजेर ५० मिनेटको समयमा टाउकोमा गोली लागेको अवस्थामा भेटिएका प्रेसिसलाई तत्काल मृत घोषित गरिएको थियो । प्रहरी अधिकृत प्रेसिसको आत्महत्या पछी न्यूयोर्क शहरमा जुन महिना भित्र आत्महत्या गर्ने प्रहरीको संख्या ४ पुगेको छ । प्रेसिस लगायत न्यूयोर्क शहरमा कार्यरत ६ जना प्रहरीले यो बर्ष भित्र आत्महत्या गरेका छन् ।
प्रहरी श्रोतका अनुसार ५३ वर्षिय बिबाहित प्रेसिसले आत्महत्या गरेको दिन उनले न्यूयोर्कस्थित प्रहरी सेवा शुरु गरेको २५ बर्ष पुरा हुन ३ दिन मात्र बाँकी थियो । उनी ब्रोंक्स स्थित ५० प्रिसेन्टमा कार्यरत थिए । यस अगाडि जुन महिनाको ५, ६ र १४ तारिखका दिन ३ जना प्रहरीले आफैलाई गोली प्रहारगरी आत्महत्या गरेका थिए ।
एजेन्सी ।