कला / साहित्य

लिदी पहिरोमा अविभावक गुमाएका बालबालिकालाई निःशुल्क पढाउने कांग्रेस नेता बस्नेतको घोषणा

काठमाडौं । कांग्रेस नेता तथा केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक जुगल गाउँपालिकास्थित लिदी पहिरोमा परी अविभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने घोषणा गरेका छन् । उनले बालबालिकालाई काठमाडौंमा आवासीय सुविधासहित पठनपाठनको जिम्मा आफुले लिने घोषणा गरेका हुन् ।

पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले एक विज्ञप्ति जारी गर्दै बालबालिकालाई यथासक्य चाँडो सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

लिदी पहिरोमा अभिभावक गुमाएका स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, अनिता दोङ, कान्छी दोङ, नाम नखुलेको साङबहादुर दोङकी छोरीसहित ७ बालिका र जम्वुमा सवै परिवार गुमाएकी छिरिङ गोले गरी ८ जनालाई कक्षा १२ सम्मको शिक्षा, यसै शैक्षिक सत्रबाट पढाउने व्यवस्था गरिएको उनले जानकारी दिएका छन् ।