स्वास्थ्य

धरानमा कोरोनाबाट थप दुई जनाको मृत्यु

धरान । धरानमा कोरोना भाइरसको संक्रमणबट थप दुई जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको ज्यान गएको हो । प्रतिष्ठानका अनुसार झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण भएको छ ।

८३ वर्षीय पुरुषको शुक्रबार बिहान ३ः४५ बजे र ५६ वर्षीया महिलाको ३ः१४ बजे ज्यान गएको हो । ८३ वर्षीय पुरुष बी एण्ड सी टिचिङ अस्पताल विर्तामोड झापाबाट रिफर भई उपचारका लागि प्रतिष्ठान आएका थिए । उनी अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासको समस्यापछि अस्पताल आएको बताइएको छ ।

उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको समस्याबाट पिडित रहेको अस्पतालले जनाएको छ । उता,५ ६ वर्षीया महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएकी थिइन् । अधिक खोकी, ज्वरो र श्वासप्रश्वासको समस्याका कारण अस्पताल भर्ना भएकी उनमा अन्य समस्याका सम्बन्धा भने पुष्टी नभएको अस्पतालले जनाएको छ ।