खेलकुद

रोनाल्डोले जिते गोल अफ दी सिर्जन अवार्ड

काठमाडौं । भर्खरै सम्पन्न गत सिजनको युईएफए च्याम्पियन्स लिग अन्तर्गत फ्यान्स गोल अफ द सिजन अवार्ड इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले जितेका छन् । यो अवाडए भोटका आधारमा दिइन्छ । धेरै मत पाएका रोनाल्डो यो वर्षका अवार्ड विजेता बनेका हुन् ।

युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजनमा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको छ । उनले च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा गरेको गोल उत्कृष्ट ठहर भयो । यो खेल युभेन्ट्सले २-१ गोल अन्तरमा जितेको हो । तर, पहिलो लेगमा १-० ले हारेका कारण युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिन पुगेको थियो ।