खेलकुद

सीपीएलमा लगातार चम्किदै सन्दीप, आज पनि उत्कृष्ट प्रदर्शन

ट्रिनिडाड । क्यारेवियन प्रिमियर लिग (सिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी छ । छैटौं खेलमा समेत उनले आफ्नो सनसनिपूर्ण खेल जारी राखे । उनीसहित बलर चम्किएको खेलमा जमैका तलावासले तेस्रो विजयी प्राप्त गरेको छ ।

ट्रिनिडाडमा गएराति सम्पन्न खेलमा तलावासले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियसलाई ३७ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङमा उत्रिएको तलावासले २० ओभरमा ६ वीकेट गुमाउदै १४७ रन जोडेको थियो । १४८ रनको लक्ष्य पाएको प्याट्रियर्स ११० रनमा समेटियो । खेलमा सन्दिपले २ विकेट झारे । उनको टीम अब अंक तालीकाको तेस्रो स्थानमा चढ्न सफल भएको छ ।