स्वास्थ्य

हिमाली जिल्ला जुम्लामा एकै दिन ४० जनामा देखियो कोरोना

जुम्ला । हिमाली जिल्ला जुम्लामा एकै दिन ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको परीक्षणमा ४० जनामा कोरोना देखिएको हो ।

चन्दननाथ नगरपालिकामा १६ जना, जुम्ला कारागारका १०, नेपाल विद्युत प्राधिकरणका कर्मचारी ४ , अदालतका एक, तिला गाउँपालिकामा २ जना र तातोपानी गाउँपालिकाका २ जनामा कोरोना देखिएको छ । उता, सिञ्जा गाउँपालिकाका १ जना, पातारासी गाउँपालिकाका १ जना, कनकासुन्दरी गाउँपालिका १ जनामा कोरोना पोजेटिभ देखिएको छ।

पेश नेपालका कर्मचारी एक जना, कृषि कार्यालयका १ जनामा समेत कोरोना देखिएको अस्पतालले जनाएको छ । जुम्लामा दुई दिन अगाडी मात्र निषेधाज्ञा खुकुलो पारिएको थियो । लगत्तै देखिएको ठूलो संक्रमणले चिन्ता थपिएको स्थानीय प्रशासनको भनाई छ ।