खेलकुद

मेसी यो सिजन बार्सिलोनाबाटै खेल्ने

काठमाडौं । करीव दुई साता लामो रस्साकस्सीपछि अन्ततः लियोनल मेसी स्पेनिस क्लव बार्सिलोना मै रहने पक्का भएको छ । विश्वका कुनै पनि क्लवले उनीमाथि रहेको ७० करोड यूरो रिजिल क्लव रकम तिर्ने अवस्था नदेखिएपछि मेसी बार्सिलोनामै रहने पक्का भएको हो । अब एक सिजन मेसीले बार्सामा बिताउने छन् ।

त्यसपछि भने उनी फ्रि ट्रान्सफरका रुपमा कुनै पनि क्लवमा जान सक्ने छन् । ३३ वर्षिय लिजेण्ड अन्य क्लवमा जाने मनसाय बनाएपछि बार्सिलोनालाई भने तनाव बढेको थियो ।

किनकी कप्तान लियोनल मेस्सीबीना क्लवले धेरै ठूलो आर्थिक तथा फ्यान फ्लोइंगको क्षति बेहोर्नु पर्ने थियो । सोहीकारण उनलाई मनाउन क्लवले समेत ठूलो कसरत गरेको थियो ।

अघिल्लो साता मेस्सीले बार्सिलोना छाड्ने जानकारी अध्यक्ष जोसेफ मारियो बर्तमोउलाई गराएपछि विश्वको ध्यान स्पेनतर्फ मोडिएको थियो । किनकी मेसी समकालिन खेलाडीमा सबैभन्दा लोकप्रिय मानिन्छन् ।

बार्सिलोनाबाट सर्वाधिक गोलकर्ता मेस्सी गत सिजन उपाधिविहीन बने । सोहीकारण उनी निरास हुँदै क्लवब छाड्ने मुडमा पुगेका हुन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यन म्युनिखसँग ८ २ गोल अन्तरको लज्जास्पद हार उनले बेहोरेका छन् ।