खेलकुद

रोनाल्डोले पुरा गरे कीर्तिमानी १ सय औं गोल

काठमाडौं । पोर्चुगिष्ट स्टार क्रिस्टियानो रोनाल्डोले देशका लागि १ सय औं अन्तर्राष्ट्रिय गोल गर्दै कीर्तिमान कायम गरेका छन् । युइएफए नेसन्स लिगअन्तर्तग मंगलबार राती सम्पन्न खेलमा स्विडेनविरुद्ध गोल गरेका उनले आफ्नो करीयरमा देशका लागि १ सय औं गोलको कोशेढुंगा पार गरेका छन् । रोनाल्डोले पोर्चुगलबाट १७ वर्ष निरन्तर खेलिरहेका छन् ।

यस अवधिमा उनले कुल १६५ खेल खेले । पोर्चुगलले स्विडनेलाई २,० ले पराजित गर्यो । दुवै गोल रोनाल्डोले गरेका हुन् । उनले खेलको ४५ मिनेटमा गोल गरेर टीमको खाता खोल्दा उनको नाममा कीर्तिमान बन्यो ।

७२ मिनेटमा अर्को गोल गर्दै उनले टिमको जीत सुनिश्चित गरेका थिए । रोनाल्डोले सन् २००३ मा राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । उनले पहिलो गोल भने सन् २००४ को युरो कपमा ग्रिसविरुद्ध गरेका थिए ।