अमेरिका

अमेरिकामा एक हजार चिनियाँ नागरिकको भिसा खारेज

काठमाडौं । अमेरिकी सरकारले १ हजार भन्दा बढी चिनियाँ नागरिकको भिसा खारेज गरिदिएको छ । ट्रम्प प्रशासनबाट चिनियाँ नागरिकको भिसा खारेज भएको विदेश मन्त्रालयले पुष्टी गरेको छ । बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच प्राप्त गरेके सूचनाका आधारमा चिनियाँ विद्यार्थी र अनुसन्धनकर्ताको भिसा रद्द गरिएको छ ।

अमेरिकामा चुनाव नजिकिएसँगै चुनावसँग सम्बन्धित विवरण तथा सूचनाहरु चिनियाँ, रसियन तथा इरानीयनहरुको निसानामा पर्छन् । विदेश मन्त्रालयका प्रवक्ताका अनुसार राष्ट्रपतिको आदेश अनुसार सेप्टेम्बर ८, २०२० सम्ममा एक हजारभन्दा बढीको भिसा खारेज भइसकेको छ ।

अमेरिकामा ठूलो संख्यामा चिनियाँ नागरिक बस्छन् । अध्ययन र अनुसन्धानका लागि अनुमति प्राप्त गरेका चिनियाँ विद्यार्थीको संख्या अधिक छ । चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ स्नातक विद्यार्थी र अनुसन्धाताहरूको अमेरिका प्रवेशमा कडाई गर्नेगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमै आदेशमा हस्ताक्षर गरिसकेका थिए ।
एजेन्सी