समाचार

नेपालमा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि, ९७२ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ७ सय १ जनाको पीसीआर परीक्षणमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ९ सय ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३६ हजार ६ सय ७२ उपचारपछि निको भएका छन्।

हाल देशभर १४ हजार ९२५ जना सक्रिय संक्रमित छन्।