समाचार

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

काठमाडौं । नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ५ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङमा ४० वर्षीया महिला, महोत्तरीमा ६५, धनुषामा ४५, काठमाडौंमा ७० र नवलपरासीमा ५५ वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय २२ पुगेको छ।

नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।