स्वास्थ्य

कोरोनाबाट ललितपुरमा तीन जनाको मृत्यु

काठमाडौं । ललितपुरमा आज कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको ज्यान गएको छ । ललितपुरका दुई अस्पतालमा उपचारार्थ भर्ना भएका तीन जनाको ज्यान गएको हो । पाटन अस्पतालमा २ र मेघा अस्पतालमा १ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुर र एक जना काठमाडौंका छन् ।

पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनी भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका थिए । उता, ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको पनि ज्यान गएको छ । उनको गएराति पौने १० बजे निधन भएको हो ।

यता, ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि शनिबार करीव ८ बजे मृत्यु भएको छ । उनी भदौ २६ मा उपचारका लागि अस्पताल आएका थिए । पछिल्लो केही दिनयता मृत्युदर कम भएपनि शहरी इलाकामा भने जोखिम बढेके छ ।