स्वास्थ्य

नेपालमा ५३ हजार भन्दा बढी मानिसमा पुग्यो कोरोना

काठमाडौं । नेपालमा कोरोना भाइरसको कुल संक्रमितको संख्या ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १२०१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै अहिलेसम्म ५३ हजार १ सय २० जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कुल १० हजार १ सय ७६ जनामा पिसिआर परीक्षण गरिएको थियो । परीक्षणबाट १२ सय १ जनाका कोरोना पुष्टी भएको हो । यसमध्ये काठमाडौंमा मात्र ३ सय ७७ जनामा कोरोना देखियो ।

आज मकवानपुरमा पनि १ सय भन्दा बढी संक्रमित देखिए । मकवानपुरमा १ सय ७ जनाका कोरोना देखियो । योसँगै नेपालमा कुल ५३ हजार १ सय २० जनामा कोरोना पुष्टी भएको हो । आज ८५२ जना मानिस डिस्चार्ज भएका छन् । नेपालमा ७०.६ प्रतिशत मानिस निको भइसकेका छन् ।