समाचार

सरकारले तेस्रोपटक घटायो पीसीआर परीक्षणको मुल्य अब अधिकतम दुई हजार रुपैयाँमात्रै

काठमाडौं । सरकारले देशभरका सबै अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाएको छ। परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

नयाँ मूल्य अनुसार देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने छन् ।

सरकारले पहिलो पटक ५ हजार ५ सय शुल्क तोकेको थियो। पछि सो शुल्क परिमार्जन गर्दै बढीमा ४ हजार ४ सयसम्ममा शुल्क लिन सकिने निर्णय गरेको थियो। भदौ १४ गतेदेखि नयाँ शुल्क लागू गरिएको थियो।