समाचार

राष्ट्रियसभा सदस्यमा मनोनित गौतमले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई शपथ ग्रहण गराएका हुन् ।

उपाध्यक्ष गौतमलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।

राष्ट्रपति विद्या ण्डारीले गौतमलाई आज राष्ट्रियसभामा मनोनित गरेकी थिइन् । गौतमलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम सरकारको सिफारिसमा माथिल्लो सदनको सदस्यमा मनोनीत गरेकी हुन् ।