समाचार

नेपालमा अहिलेसम्मकै धेरै २०२० जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ६१,५९३ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षणमा थप २०२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४३ हजार ८ सय २० जना उपचारपछि निको भएका छन्।

हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित छन्।