समाचार

महोत्तरीमा जीप र मोटरसाइकल जुधे, २ जनाको मृत्यु

बर्दिबास । महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको निधन भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो ।

बर्दिवास नगरपालिका ६ मा ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक ३२ वर्षिय प्रमोद राय र पछाडि बसेका २८ वर्षका देवबहादुर खपाङ्गीको ज्यान गएको प्रहरीले पुष्टी गरेको छ । उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।