समाचार

दोलखा मूल घर भएका एक किशोर इंग्लिस प्रिमियर लिग क्लबमा आबद्ध

लन्डन
नेपालमा दोलखा मूल घर भएका एक किशोर बेलायतमा इंग्लिस प्रिमियर लिग खेल्न्ने क्लबमा आबद्ध भएका छन् । बेलायतको लन्डन सहरमा परिवार सहित बसोबास गर्दै आएका १५ बर्षीय जय प्रधान वाटफोर्ड फुटबल क्लबमा १६ बर्ष भन्दा कम उमेर समूहको लागि अनुबन्ध भएका हुन् । प्रधानले गत बिहिबार सन् २०१९ /२० सिजनको लागि वाट्फ़ोर्ड क्लबको ट्रेनिङ्ग सेन्टरमा हस्ताक्षर गरे पछि उनलाई इंग्लिस प्रिमियर खेल्न्ने बाटो खुलेको छ ।

लन्डनमा अध्यापन पेशामा संलग्न पिता प्रशिद्ध प्रधान र सुमी के सीका एक मात्र सन्तान जय प्रधानले ४ बर्षको उमेर देखि फुटबल खेल्न्न थालेका हुन् । जय बेलायतमा जन्मिएका हुन् भने उनका अभिभाबकको मूल घर दोलखा हो । वाटफोर्ड फुटबल क्लबमा अनुबन्ध हुनु अगाडी जयलाई वाटफोर्डले केहि महिना सम्म विभिन्न चरणमा उनको ट्रायल लिएको थियो भने यस अगाडि जयले टोटेनहाम र वेस्टह्याम जस्ता प्रिमियर लिग क्लबमा समेत ट्रायल दिएका थिए । आउँदो सिजन उनले प्रिमियर लिगका अन्य क्लबका १६ बर्ष कम उमेर समूह बिरुद्ध खेल्न्ने छन् । जयले हाँसिल गरेको सफलताको बिषयमा बताउदै पिता प्रसिद्ध प्रधान भन्छन ” हामि गौरवान्वित छौ । जयको सफलता अरु नेपालि खेलाडिको लागि भबिस्यमा पेरणा बन्न सक्न्ने छ भन्ने हामीले सोचेका छौँ ।”

इंन्ग्लिस प्रिमियर लिग खेल्न्ने क्लब संग आवद्ध हुने सौभाग्य प्राप्त गरे पछि जय पनि निक्कै उत्साहित भएको बताउदै भन्छन् ” धेरै बर्ष देखि जुन मेहनत गर्दै आएको थिए अब मेरो सपना पुरा गर्ने एउटा महत्वपुर्ण प्लेट फर्म पाएकॊ छु । अब झनै धेरै मेहनत र परिश्रम गर्नु पर्ने दिन सुरु भएको छ ।’ जयका पिता प्रशिद्धले पनि नेपालमा ए डिभिजन लिग खेलेका थिए ।