समाचार

काठमाडौंमा ६४९ सहित उपत्यकामा थपिए ८१७ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परिक्षणमा काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ।

जसअनुसार काठमाडौंमा २३५ महिला र ४१४ पुरुष, भक्तपुरमा १६ महिला र २० पुरुष, ललितपुरमा ५० महिला र ८२ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ३ सय २४ पुगेको छ।

काठमाडौंमा १८ हजार १सय ३२, ललितपुरमा २ हजार २ सय ३१ र भक्तपुरमा १ हजार ९ सय ६१ संक्रमित पुगेका छन्।