समाचार

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास

काठमाडौं । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ रहने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाईले पास भएको छ ।

प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्। प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।

प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो भने विवादकै कारण सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड समेत गरेका थिए ।