खेलकुद

चौथो नेपाल आईस सिन्धु कप फुटवल प्रतियोगिता

स्वस्तिक श्रेष्ठ
बुटवल
सिन्धुपाल्चोकमा जारी चौथो नेपाल आईस सिन्धु कप फुटवल प्रतियोगिताको उपाधिका लागि रुपन्देहीको गोर्खा ब्यायज क्लब र ललितपुरको जावलाखेल युथ क्लब भिडने भएका छन । विहिबार भएको दोस्रो सेमीफाईनल खेलमा जावलाखेल युथ क्लबले आयोजक युथ स्र्पोटस क्लब सिन्धुपाल्चोकलाई ट्राईबेकरमा ४–२ गोलले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो । यता पहिलो सेमीफाईनल खेलमा गोर्खा ब्यायजले विभागिय टिम शसस्त्र प्रहरीको एपीएफ क्लबलाई ट्राईबेकरमा ४–३ गोलले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको थियो । फाईनल खेल शनिबार हुने छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद ५ लाखसहित मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २ लाख ५० हजार पुरस्कार पाउने छन । यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई २० हजार तथा विद्यागत उत्कृष्ट खेलाडीले जनही १० हजार पुरस्कार पाउनेछन ।
प्रतियोगितामा विभागिय नेपाली आर्मीको त्रिभुवन क्लब, शशस्त्र प्रहरी बलको एपीएफ क्लब, जावलाखेल युथ क्लब ललितपुर, फ्रेन्डस क्लब ललितपुर, काभ्रे बोर्डर युथ क्लब काभ्रेपलान्चोक, युथ स्र्पोटस क्लब सिन्धुपाल्चोक र जिरी स्र्पोटस क्लब दोलखा क्लब गरि आठ टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गरेका छन ।