कला / साहित्य

व्यङ्ग्य साहित्य : साबुन

सामान्यतया साबुन सरसफाइमा प्रयोग गरिने बस्तु हो । यस्को उत्पती कहाँ र कहिले भयो, कसरी बन्छ र कुन हिरोईनले कुन साबुन प्रयोग गर्छन् अनि ट्रम्पले कुन साबुन प्रयोग गर्छ ? भन्ने जस्ता बिषय माथि कुरा गर्न खोजिएको हैन । ‘बाथरुमको ढोकामा चुक्कुल लगाएर शरिरका अंगअंगमा डुल्न पाउने भाग्यमानी त्यही साबुन त रैछ’ भनेर एउटा साथीले दिएको उत्ताउलो प्रसङ्ग सम्झदै म भने गम्भिर बिषय उठान गर्न लाग्दैछु ।

म केही महिना अघि नेपाल घुम्न (भ्रमण त एन आर एन नेताको मात्रै हुन्छ क्यारे) गएको थिएँ । भेटघाट रमाइलो रह्यो । धेरै आफन्त भेटियो । सुन्दर मनमोहक स्थानहरु घुमियो । हरेक दिन कता न कता त घुमियो नै । काठमाडौंमा जीवन सोल्टिनीको सपिङ्गले निक्कै तिरिखिरी पार्यो । घुम्न जानु भन्दा अघि वा निस्के पछीको मूख्य समस्या भने अर्कै थियो, मेरो लागि । 

खास गरी बाबुहरुलाई घरबाट हिडाउँनु अघि ट्वाइलेट जाओ है भनेर हिंडाए पनि बाहिर निस्केको केही बेरमै दिशा पिसाबको कुरा शुरु भैहाल्ने । जसोतसो ट्वाइलेटको व्यवस्था त हुन्छ, सानो बाल्टिमा पानी पनि हुन्छ तर कही पनि साबुन राखेको देख्दिन त गाँठे ! 

ट्वाइलेट पेपरको कुरा त यहाँ उठाउँनै मिलेन । न्यूरोड एरियामा यदि ट्वाइलेट जानु पर्यो भने सबै कुरा छ साबुन चाँहि कही पनि देखिएन । पैसा तिरेर छिर्ने ठाउँमा पनि अँह साबुन देखिएन । तर पनि मान्छे जाने आउँने त भैराखेको देख्छु । यिनीहरु कि दिशा नै धुदैनन, कि हात चाँहि पानीले मात्र धुन्छन ?भनेर मैले मनभित्रो ठूलो अनसन्धान टोली खडा गरें, निस्कर्ष पत्ता लगाएँ पनि ।

अलिकती आफ्नै कुरो । नेपालमा सबैले माया गरेर खसीको मासु खिलाउनुभयो साथमा फ्राई गरेको करेला त हुने नै भयो । कँही कँही खिरिमाम । 

एक दिन म क्षेत्र नं. एकका मूख्य मन्त्री शेर धन राईको उपस्थितिमा साङ्गितिक कार्यक्रममा स्टाण्डिङ् कमेडिएनको रुपमा आमन्त्रीत थिएँ । प्रस्तुतीको बेला आउन आउनै लाग्दा पेट काट्यो, बिहानको खिरिमामले । ट्वाइलेट पसी हालौं भनेको निक्कै लामो लाईन । बल्ल तल्ल पालो आयो तर एसो हेर्छु सानो पानी त झर्यो तर उही समस्या साबुन, कतै छैन । हैट्, त्यहाँबाट निस्केर नजिकैको पसलमा पुगी साबुन किनेर फेरी लाईन बसेर पेट हल्का बनाइयो र साबुन पानीले हात धोइयो । 

माथिदेखि तलसम्म पढ्दा कुरो सामान्य लाग्न सक्छ । “अहिले समृद्द, नेपाल सुखी नेपाली” को नारा लागी रहँदा यस्ता सार्बजनिक शौचालयहरुमा साबुन र पानीको व्यबस्था भने अनिबार्य हुनुपर्‍यो के, सरकार । केही रकम संकलन गरी नेपालका सार्वजनिक शौचालयमा २, ४ बोरा साबुन बाँड्ने “नुन चिनी पानी” ले योजना बनाएको छ । जे होस साबुनको महत्व मज्जाले बुझेर त आइयो तर बुझाउन भने सकिएको छैन ।

जय साबुन् !

अर्जुन दाहाल

नुनचिनीपानी अभियन्ता