डायस्पोरा

नेपाली समाज अमेरिकाको चार राज्य हेर्ने एउटै च्याप्टर गठन

अमेरिका
नेपाली समाज अमेरिकाको डिसी, मेरिल्याण्ड, भर्जिनिया र पेन्सलभानिया राज्य हेर्ने डिएमभीपी च्याप्टर गठन भएको छ । नेपाली समाज अमेरिकाको डिएमभीपी च्याप्टरको तदर्थ समिति मिलन राईको नेतृत्वमा गठन भएको हो ।
जुलाई ५ का दिन एक कार्यक्रमका बीच सम्पन्न भेलाले युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाका पूर्व केन्द्रीय सभापति, जनजाति महासंघका सल्लाहकार, युनाइटेड किरात राई अर्गनाइजेशन सल्लाहकार मिलन राईलाई तदर्थ समितिका संयोजक तोकिएको हो । राईले सबै नेपालीको प्रतिनिधित्व रहने गरि डिएमभीपी कमिटिलाई छिट्टै पूर्णता दिने बताएका छन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा अशोक राईको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा समाजवादी नेपाल पार्टीका बरिष्ठ नेता अशोक राईले नेपालमा सबै धर्म, जाति, वर्गलाई समेटेर संविधान संसोधन हुनुपर्ने र संशोधन गरिनुपर्ने बताएका थिए । उनले समाजवादी पार्टी एकताको पार्टी र सबैलाई समेटेर बनाएको नयाँ पार्टी भएको बताउँदै सबैका लागि समानरुपले काम गर्ने बताए । वरिष्ठ नेता राईले तर्दथ कमिटीका सबै पदाधिकारीहरुलाई खादा ओढाएर बधाई दिदै समाजवादी पार्टीको झण्डा हस्तान्तरण गरेका थिए ।
समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा कार्यक्रमकी विशेष अतिथि सुशीला श्रेष्ठले नेपाली महिलामाथि हुने विभेदको अन्त्य गर्न र पुरुष सरह समान अधिकार पाउनका लागि समाजवादी पार्टीले विशेष पहल गर्ने बताएकी थिइन् ।
त्यस्तै युनाइटेड किरात राई अर्गनाइजेशनका केन्द्रीय सदस्य तथा डिएमभीपीका प्रतिनिधि कुशुम राईले समाजवादी पार्टी नेपालका लागि अहिलेको आवस्यक पार्टी रहेको र आफूले सक्दो सहयोग गर्ने बताइन् ।
यसैगरी युनाइटेड किरात राई अर्गनाइजेशन डिएमभीपी च्याप्टरका महासचिव हर्क राईले सम्भव भए र सकेसम्मको सहयोग गर्ने बताएका थिए भने युनाइडेट किराँत राई अर्गनाइजेशन कोलोराडोका पूर्वसभापति चक्र राईले अमेरिकाबाट मात्र नभएर नेपालमै गएर समाजवादी पार्टीलाई पूर्ण सहयोग गर्ने बताए ।
मिलन राईको नेतृत्वमा गठन गरिएको नेपाली समाज अमेरिकाको डिएमभीपी (डिसी, मेरिल्याण्ड, भर्जि्निया, पेन्सलभेनिया) च्याप्टरको सदस्यमा हर्क राई, कुशुम राई, चक्र राई र प्रितम राई रहेका छन् ।
कार्यक्रममा तत्कालीन संघीय समाजवादी पार्टीका धनकुटा जिल्लाका पूर्वसभापति तथा किराँत याक्थुङ थुम्लुङ अमेरिकाका पूर्वमहासचिव तथा नेपाली समाज अमेरिकाका केन्द्रीय महासचिव लोक चेम्जोङले डिएमभीपी च्याप्टर गठन गर्नमा केन्द्रबाट विशेष पहल र सहयोग गर्ने आश्वासन दिँदै सोचेको भन्दा धेरै राम्रो काम गरेको भन्दै सबैलाई बधाई दिएका थिए ।