मनोरञ्जन

निर्देशक बन्ने स्वस्तिमाको चाहना

काठमाडौ
नेपाली चलचित्र क्षेत्रमा नायिका स्वस्तिमा खड्का चर्चित नाम हो । उनीद्वारा अभिनित चलचित्रले निकै चर्चा बटुलेका छन् । त्यसैले उनलाई सफल नायिकाका रुपमा लिने पनि गरिन्छ । चर्चाकी नायिका भएकाले विज्ञापन, चलचित्र र अन्य साना पर्दामा समेत उनको माग बढेको छ । इन्जिनियरिङ क्षेत्रबाट नेपाली चलचित्रमा प्रवेश गरेकी उनी चर्चाको शिखरमा पुगेकी हुन् ।
विभिन्न चलचित्रमा फरक–फरक भूमिकामा आफूलाई उपस्थित गराउँदा आफैंलाई मज्जा लागेको उनले बताएकी छन् । चलचित्र क्षेत्रमा व्यावसायिक रुपले लागेर निर्देशक बन्ने उनको धोको छ । चलचित्र क्षेत्रमा करियर बनाउने क्रममा उनले नायक निश्चल बस्नेतसँग विवाहसमेत गरिन् । चलचित्र जीवन साथीबाट उनी नेपाली चलचित्र नगरीमा प्रवेश गरेकी हुन् ।