समाचार

भुपू बिद्यार्थीको पहलमा बिपन्न बिधार्थी अक्षयकोष स्थापना

गोरखा 

गोरखाको भिमसेन गाँउपालीका ३, मा रहेको नवज्योति माध्यमिक बिधालयमा विपन्न बिधार्थी अक्षयकोष स्थापना भएको छ । हाल अमेरिकामा बसोबास गर्दै आएका बिधालयका भुपू बिधार्थी कृष्णप्रसाद भट्टको पहलमा अमेरिकामा विभिन्न पेशा र व्यवसाय सन्चालन गर्दै आउनु भएका ६८ जना नेपाली समाजसेवी सामाजिक अभियान्ताहरुबाट  २ हजार ६ शय ३१ अमेरिकी डलर संकलन गरी बिधाललाई उपलब्ध गराउनु भएको हो ।

सो रक़म मध्य रु. दुई लाख नेपाली विपन्न बिधार्थी कोष र ८४ हज़ार नेपाली रक़म बराबरको ECD देखि १० कक्षासम्मका बिधार्थीलाई शैक्षिक सामग्री स्वरुप १३५ जना बिधार्थीलाई झोला वितरण गरिएको बिधालयले जानकारी दिएको छ । सो अक्षयकोषको रकमलाई बैक ख़ातामा जम्मा गरि सो रक़मबाट आएको व्याजबाट प्रेत्यक वर्ष बिधालयको बार्षिक उत्सवमा विपन्न बिधार्थी बिधालयले छनोट गरी सो बिधार्थीलाई शैक्षिक सामग्रीहरु उपलब्ध गराउने बिधालयले जनाएको छ । 

बिधालयमा आज आयोजित कार्यक्रममा बिधालयका शिक्षक तारानाथ भट्टले प्रधानाध्यापक ठाकुर लामिछाने र बिधालय व्यबस्थापन समितिका अध्यक्ष रत्नप्रसाद पुडीसैनीलाई सो रक़म उपलब्ध गराउनुका साथै बिधार्थीहरुलाई झोला बितरण गरिएको बिधालयको शिक्षिका गिता सिम्खडाले जानकारी दिनुभयो ।

कार्यक्रममा बिधालयको तर्फबाट प्रधानाध्यापक लामिछाने र बिधालय व्यवस्थापन समितिका अध्यक्ष पुडासैनी ले भुपु बिधार्थीको पहलमा भएको यस अक्षयकोष निर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण अमेरिकाबासी सहयोगी मनहरुलाई सदैव बिधालयले सम्झिरहने र उहाँहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।